बलिउडका ५ चर्चित कमेडियन, जसको अनुहार देख्दा दर्शक हाँस्छन्



मुम्बई: फिल्ममा जसरी हिरो, हिरोइन र भिलेनको आवश्यकता पर्ने गर्दछ । त्यस्तै चलचित्रलाई धेरै मनोरञ्जन बनाउन कमेडियनको भूमिका पनि महत्वपूर्ण हुने गर्दछ ।

 दर्शकलाई बाँधी राख्न कमेडियनको भूमिका महत्वपूर्ण हुने गर्दछ । आज हामी ती ५ कमेडियनको चर्चा गर्दैछौँ । जो कमेडीमार्फत बलिउडमा राज गर्न सफल देखिएका छन्ः 


जोनी लीवर 

कलाकार जोनी लीवर बलिउड तथा साउथ फिल्म दुबैमा देखिने गरेका छन् । 

बलिउडका लगभग सबै स्टारसँग उनले काम गरेका छन् । उनलाई स्ट्याण्डअप कमेडीका पनि बादशाह भनिने गरिएको छ । 

बलिउडमा उनको स्थान लिने सायदै कमेडियन होलान् । उनले अहिलेसम्म ३०० भन्दा बढी फिल्ममा काम गरेका छन् । उनको कमेडी गर्ने अन्दाज सबैभन्दा अलग छ । उनको साथ ७० देखि ८० करोडको प्रोपर्टी रहेको छ । 


ब्रद्यानन्दम 

ब्रद्यानन्दम यस्ता कमेडियन हुन् । जो कमेडी गर्दा आफू हाँस्दैन् । तर उनको अगाडी रहेका जो कोही पनि हाँसो रोक्न सक्दैनन् । 

उनले अहिलेसम्म १००० भन्दा बढी चलचित्रमा काम गरिसकेका छन् । उनी भारतीय चलचित्र उद्योगका सबैभन्दा धनी कमेडियन हुन् । उनको कूल सम्पत्ति करिब १ हजार करोड रहेको छ ।


 परेश रावल

परेश रावल राम्रो भूमिका पनि निर्वाह गर्न सक्ने बलिउडका कमेडियन हुन् । उनी भिलेनको भूमिकामा पनि देखिन्छन् भने राम्रो कमेडियनको भूमिकामा पनि । उनलाई बलिउडमा दिग्गज अभिनेताको रुपमा हेरिन्छ । उनको अभिनय रियालटी लाग्ने गर्दछ । उनको कुल सम्पत्ति १०० करोड भन्दा बढी रहेको छ । 


राजु श्रीवास्तव 

चलचित्रको अलवा राजुले कयौँ रियालटी शोमा स्ट्याण्डअप कमेडी पनि गर्ने गर्दछन् । दमदार कमेडिका कारणले उनलाई कयौँ अवार्ड तथा मेडल पनि मिलकोे छ । उनी विश्वमा चिनिएका छन् । उनको कुल सम्पत्ति १५ देखि २० करोर्ड सम्म रहेको छ । 


राजवाल यादव 

भारतको टप र महँगो कमेडियनमा पर्दछन् राजपाल । उनले आफूलाई उडाएर समेत दर्शक हँसाउने गर्दछन् । बलिउडका कयौ सुपरहिट चलचित्रमा यादवले काम गरेका छन् ।  यादवको साथ १५ करोड सम्पत्ति रहेको छ । 

प्रतिक्रिया दिनुहोस्