उपत्यकामा एकैदिन ३१ सय ३८ जना सवारी चालकमाथि कारबाही



काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा एकैदिन ३ हजार १३८ जना सवारी चालकलाई कारबाही गरेको छ। ट्राफिक नियम उल्लंघन गरेका कारण मंगलबार उपत्यकाको विभिन्न स्थानमा उनीहरूलाई कारबाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।

 कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने १३२ जना, लेन अनुशासन पालना नगर्ने ३३ जना, रेड लाइटमा सवारी साधन चलाउने ४० जना, निषेधित क्षेत्रमा हर्न बजाउने १३७ जना र नम्बर प्लेट राम्रोसँग नराख्ने ३० जना चालक रहेका छन्। 

यस्तै २ हजार ७६६ जना सवारी चालकलाई अन्य कारबाही गरिएको कार्यालयले जनाएको छ।  

प्रतिक्रिया दिनुहोस्