कस्तो रहला आज दिनभरको मौसम ?



काठमाडौं । देशका विभिन्न तीन प्रदेशमा बिहानैदेखि पानी परिरहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश १, मधेश र बागमती प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ। प्रदेश १ लगायत देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली छ।

हाल मनसुनको न्यून चापीय रेखाको सामान्य प्रभाव रहेको मौसमविद्‌हरूले जनाएका छन्। दिउँसो देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरुमा आंशिक बदली रहनेछ।

प्रदेश १, मधेश र बागमती प्रदेशका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। राति प्रदेश १ र बागमती प्रदेशका एक-दुई स्थानमा पानी पर्ने सम्भावना छ।

प्रतिक्रिया दिनुहोस्