राइनासमा दसैंभर खसी बोकाको मासु प्रतिकिलो ६ सय रुपैयाँ



लमजुङ। राइनस नगरपालिकाले चाडपर्वलाई लक्षित गरी खसी तथा बोकाको मासुको मूल्य निर्धारण गरेको छ।

चाडपर्वको मौका छोपेर व्यापारीहरूले आफूखुशी मूल्य लिने भएकाले मूल्यमा एकरुपता ल्याउन हाट बजारमा बिक्री हुने जिउँदो खसी, बोका प्रतिकिलो ६ सयमा बेच्न नगरपालिकाले मूल्य तोकेको हो।

नगरपालिकाले कृषि तथा पशुजन्य उपजको उत्पादनमा आधारित नगद अनुदान कार्यविधि ०७९ बमोजिम मूल्य निर्धारण समितिबाट खसीबोकाको जिउँदो मासुको मूल्य प्रतिकेजी ६ सय रुपैया निर्धारण भएको जनाएको छ।

दसैँतिहार लक्षित गरी यहि १२ र १३ असोजमा राइनास नगरपालिका–१ बोराङखोला र वडा नम्बर ८ को भेटघाट चोकमा हाटबजार सञ्चालन हुने भएको छ। यस्तै वडा नम्बर ६ को गौलिटार बगैँचा र वडा नम्बर ४ कुसुन्डे बगैँचामा १४ र १५ असोज हाटबजार सञ्चालन हुने नगरपालिका प्रमुख प्रशासकीय अधिकृत गोकर्णराज सुयलले जानकारी दिए।

विगतका वर्षमा चाडपर्वको समयमा मासु व्यवसायीले मनलाग्दी मूल्य लिएको भन्दै नगरपालिकाले चाडपर्व लक्षित गरी मूल्य निर्धारण गरेको हो।

प्रतिक्रिया दिनुहोस्