जम्बो इको भेइकलको ७ हजारदेखी १० लाखसम्म दसैं तिहार अफर



काठमाडौं । नेपालमा विभित्र ब्राण्डका ईलेक्ट्रिकल स्कुटर तथा साईकल आयात गरी विक्री गदै आएको जम्बो इको भेइकलले चाड-पर्वलाई लक्षित गरी दसैं-तिहार जम्बो अफर ल्याएको छ ।

यस अफर अन्तर्गत जम्बो इको भेहिकलले बिक्री बितरण गर्र्दै आएका साइकल ताथा स्कुटरहरुमा ग्राहकले सिधै नगद ७ हजार देखी ३५ हजारसम्म छुट पाउँनका साथै १० लाख बराबरको दुर्घटना बिमा पाउने छन । ईलेक्ट्रिकल स्कुटरको इतिहास मै पहिलो पटक यति ठुलो सुविधा दिएको जम्बो इको भेइकलका प्रमुख कार्यकारी अधिकृत सन्तोष न्यौपानेले बताए ।

लोकन्थली (जडिबुटी) भक्तपुरमा मल्टीब्राण्ड शोरुम रहेको जम्बो इको भेहिकलले हाल सस्तोमा ७५ हजारदेखी ३ लाख २० हजारसम्म पर्ने ईलेक्ट्रिकल स्कुटर तथा सवारी साधन बिक्र बितरण गर्दै आएको छ । फरक फरक मोडेलमा फरक फरक छुट भयतापनी प्रत्यक साधनमा १० लाख बराबरको दुर्घटना बिमा गरिएको न्यौपानेले बताए ।

जम्बो इकोले लिथियम आयन युक्त उत्तकृष्ट प्रविधिका ईलेक्ट्रिकल स्कुटर, ईलेक्ट्रिकल साइकलका साथै सारीरिक रुपले विकलांग भएका व्यक्तिका लागि ईलेक्ट्रिकल व्हिल चियर उपलब्ध गराउदै आएको छ ।

चिन लगायत अन्य मुलुकबाट ईलेक्ट्रिकल लगायत अन्य सवारी साधन आयातमा समस्या देखिएतापनी जम्बो इकाले चाड पर्वलाई लक्षित गरि स्टक उपलब्ध गराएको हुँदा ग्राहकले रोजी-छानी ईलेक्ट्रिकल स्कुटरहरु लोकन्थली नरेफाँटस्थित शोरुमबाट सजिलै खरिद गर्न सक्ने छन ।

प्रतिक्रिया दिनुहोस्