अमेरिकी राजदूत बेरीले भेटे राष्ट्रपतिलाई



काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरी र राष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता भएको छ। कार्यकाल सकिएर अमेरिका फर्कन लागेका राजदूत बेरी र राष्ट्रपतिबीच बिहीबार दिउँसो शीतल निवासमा भेटवार्ता भएको हो।

भेटमा राष्ट्रपति भण्डारी र राजदूत बेरीबीच २ देशबीचको आपसी हित र सम्बन्धका बारेमा छलफल भएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ।

प्रतिक्रिया दिनुहोस्