३० वटा अस्पतालले पाए निःशुल्क वितरण गर्न ५ लाख सिटामोल (अस्पतालको नामावली)



काठमाडौं । सरकारले डेंगी संक्रमणको विध्यमान अवस्थालाई मध्यनजर गर्दै निःशुल्क वितरणका लागि विभिन्न निकायलाई पारासिटामोल वितरण गरेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पारासिटामोल औषधि आपूर्ति व्यवस्था सहज बनाउनको लगि विभिन्न निकायलाई पारासिटामोले दिएको जानकारी दिएको छ। मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार मन्त्रालयले विभिन्न निकायहरूलाई निशुल्क वितरणका लागि औषधि उपलब्ध गराएको छ।

विभिन्न औषधि तथा भण्डारण केन्द्रहरूमा औषधि भण्डारण गरि राखिएको र आवश्यकता अनुसार आपूर्तिको व्यवस्था मिलाइएको उनले बताए। त्यस्तै सम्पूर्ण निजी स्वास्थ्य संस्था, फार्मेसी, औषधि उद्योगलाई यसको उत्पादन तथा आपूर्ति व्यवस्था सहज बनाउन सहजीकरण भइरहेको समेत उनको भनाई छ।

प्रतिक्रिया दिनुहोस्