सालकको खपटासहित काठमाडौंबाट २ जना पक्राउ



काठमाडौं । प्रहरीले सालकको खपटासहित २ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिन्धुलीको गालञ्जोर गाउँपालिका-४ का ५५ वर्षीय यमबहादुर कामी र फिक्कल गाउँपालिका-४ का २८ वर्षीय रत्नबहादुर मगर रहेका छन्।

गोप्य सूचनाको आधारमा बिहीबार दिउँसो खटिएको सिआइबीको टोलीले साढे २ केजी सालकको खपटासहित उनीहरूलाई काठमाडौंको पेप्सीकोलाबाट पक्राउ गरेको हो। उनीहरूलाई आवश्यक कारबाहीका लागि डिभिजन वन कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्