काठमाडौं-१ बाट चुनाव लड्ने मिश्रको घोषणा



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले काठमाडौं क्षेत्र नम्बर-१ बाट चुनाव लड्ने घोषणा गरेका छन् । केही दिनअघि मात्र राप्रपा प्रवेश गरेका मिश्रले काठमाडौं–१मा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बन्ने घोषणा गरेका हुन्।

मिश्रले शुक्रबार राजधानीमा आयोजित कार्यक्रमबाट उम्मेदवारी घोषणा गरेका हुन्।

उनी २०७४ सालको चुनावमा पनि तत्कालीन साझा पार्टीबाट उम्मेदवार बनेका थिए। उक्त चुनावमा उनी नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमान सिंहसँग पराजित भएका थिए।

मिश्रको उम्मेदवारी घोषणासभामा राप्रपाका पूर्वअध्यक्ष प्रकाशचन्द्र लोहनीलगायत नेता कार्यकर्ता उपस्थित थिए।

२०७४ को चुनावमा सिंहले १० हजार ९ सय ३७ मत पाएका थिए भने मिश्रले १० हजार १ सय १८ मत पाएर पराजित भएका थिए।

प्रतिक्रिया दिनुहोस्