दसैँमा झिलीमिली काठमाडौंका बजार (फोटो फिचर)



काठमाडौं । देशको संघीय राजधानी (काठमाडौं) का बजार हिजोआज रंगीन छन्। दसैं, तिहार र छठलगायत पर्व नजिकिएसँगै बजार झिलिमिलि बनेका हुन्। सहरका ठूला सपिङ मलमा चङ्गैचङ्गा टाँगिएका छन्।

साँझपख सडकमा घुम्दा दिपावलीको झल्को दिनेगरी बजारमा झिलिमिलि बत्ती बालिएका छन्। आकर्षक बनाएर प्रतिस्र्धात्मक बनाइएको बजारमा आगन्तुकको आकर्षण बढ्दो छ। लगातार चाडपर्व आउने र यो बेला व्यापार बढ्ने हुँदा व्यापारीहरू आफ्नो व्यवसाय प्रतिष्ठानलाई सजाएका हुन्।

दसैं लागेसँगै काठमाडौंका विभिन्न ठाउँका बजार झकीझकाउ देख्न सकिन्छ। काठमाडौं उपत्यकाका बजार क्षेत्रका जुनसुकै गल्लीमा दसैंका लागि सामग्री किन्ने सर्वसाधारणको घुइँचो बढेको छ। उपत्यकाबाट दसै मनाउन गाउँघर फर्किनेहरू र उपत्यकामै दसैं मनाउनेहरू एकैपटक बजारमा पुग्दा चाप बढेको हो।

अर्कातिर यही बेला विदेशबाट दसैं मनाउन आउनेहरू पनि छन्। उनका अनुसार नियमित रूपमा सञ्चालन भइरहेको सपिङ सेन्टर, कपडा होलसेल पसल तथा विभिन्न रूपमा दसैं पर्वका लागि सजिएका पसललाई केही दिनदेखि चटारो परेको छ।

प्रतिक्रिया दिनुहोस्