दक्षिण अफ्रिकाविरुद्धको टि-२० सिरिज भारतलाई



काठमाडौँ । दक्षिण अफ्रिकाविरुद्धको तीन खेलको टी-२० सिरिज भारतले जितेकाे छ। आइतबार भएको खेलमा दक्षिण अफ्रिकालाई १६ रनको पराजित गर्दै भारतले सिरिज २–० ले आफ्नो पक्षमा पारेको हो।

आइतबारको खेलमा पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा २३७ रनको विशाल योगफल बनाएको थियो। भारतका लागि सूर्यकुमार यादवले ६१ रन तथा केएल राहुलले ५७ रनको पाली खेले। विराट कोहलीले अविजित ४९ रन बनाए भने कप्तान रोहित शर्माले ४३ रनको पाली खेले।

जवाफी ब्याटिङमा उत्रिएको दक्षिण अफ्रिकाले निर्धारित ओभरमा तीन विकेटको क्षतिमा २२१ रन मात्र बनाउन सक्यो।

दक्षिण अफ्रिकाका लागि डेभिड मिलरले अविजित १०६ रन तथा क्विन्टन डि ककले अविजित ६९ रनको पाली खेले पनि टोलीलाई जित भने दिलाउन सकेनन्। दक्षिण अफ्रिका र भारतबीचको अन्तिम टी-२० खेल मंगलबार हुनेछ।

प्रतिक्रिया दिनुहोस्