इंग्ल्याण्डले जित्यो पाकिस्तानविरुद्धको टी-२० सिरिज



काठमाडौं । पाकिस्तानलाई घरेलु मैदानमा हराउँदै इंग्ल्यान्डले सात खेलको टी–२० सिरिजको उपाधि आफ्नो पोल्टामा पारेको छ। लाहोरमा आइतबार राति भएको अन्तिम खेलमा पाकिस्तानलाई ६७ रनले हराउँदै इंग्ल्यान्डले सिरिज ४-३ ले कब्जा गरेको हो।

इंग्ल्यान्डले दिएको २ सय १० रनको लक्ष्य पछ्याएको पाकिस्तानले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४२ रन मात्र बनाउन सक्यो। त्यसअघि पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले २० ओभरमा ३ विकेट गुमाएर २ सय ९ रन बनाएको थियो।

इंल्यान्डको जितमा डेविड मलानले विस्फोटक ब्याटिङ गरे। उनले अविजित रहँदै ७८ रनको अर्धशतकीय इनिङ खेले। ह्यारी ब्रुकले अविजित ४६ रन जोडे। बेन डुकेटले ३० तथा फिल साल्टले २० रन बनाए। पाकिस्तानका लागि शान मासुदले ५६ रनको अर्धशतकीय इनिङ खेले।

खुशदिल शाहले ३७ तथा इफ्तिखर अहमेदले १९ रन बनाए। इंग्ल्यान्डका क्रिस वोक्सले ३ तथा डेविड विलिले २ विकेट र पाकिस्तानका मोहमद हस्नेनले १ विकेट लिए।

प्रतिक्रिया दिनुहोस्