बराबरीमा रोकियो रियल मड्रिड



काठमाडौं । १० खेलाडीमा सिमित ओसासुनासँग १–१ गोलको बराबरी खेल्दै रियल मड्रिड स्पेनिस ला लिगा फुटबलमा अकं बाढ्न बाध्य भएको छ।

खेलको अन्तिम समयमा कप्तान करिम बेन्जेमा पेनाल्टीमा चुक्दा रियल तीन अंकबाट टाढा रहेको हो। यस्तै, शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ। रियलका भिनिसियस जुनियरले गोल गरे।

ओसासुनाका किके गार्सियाले बराबरी गोल फर्काए। खेलको ४२औं मिनेटमा भिनिसियसले गोल गरे। ५०औं मिनेटमा किकेले बराबरी गोल गरे।

बराबरीसँगै रियल १९ अंक सहित दोस्रो स्थानमा छ। समान अंक भएपनि बार्सिलोना शीर्ष स्थानमा छ। ओसासुना छैटौं स्थानमा छ।

प्रतिक्रिया दिनुहोस्