माओवादीका सांसद छक्कबहादुर लामा एमालेमा प्रवेश



काठमाडौं । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं निवर्तमान सांसद छक्कबहादुर लामा एमाले प्रवेश गरेका छन्। ​अघिल्लोपटक माओवादीले टिकट नदिएपछि बागी उठेर जितेका लामा पछि माओवादीमै समाहित भएका थिए।

अहिले टिकट वितरणका क्रममा किचलो भएपछि लामा एमाले प्रवेश गरेका हुन्। बालकोटमा एमाले अध्यक्ष केपी शर्मा ओली, उपमहासचिव प्रदीप ज्ञवालीलगायतका नेताले लामालाई खादा तथा टीका लगाएर पार्टीमा स्वागत गरेका छन्।

२०७४ सालको निर्वाचनमा माओवादीबाट टिकट नपाएपछि वाम गठबन्धनको बागी उठेर हुम्लाबाट सांसद जितेका लामा चुनावपछि तत्कालीन नेकपा हुँदै माओवादीमा फर्किएका थिए।

प्रतिक्रिया दिनुहोस्