वरीयता मिचेपछि यादवले दिए समानुपातिक सूचीबाट नाम हटाउन निवेदन



काठमाडौं । नेपाली कांग्रेसबाट प्रतिनिधिसभातर्फ समानुपातिकको बन्द सूचीबाट आफ्नो नाम फिर्ता लिन डा.चन्द्रमोहन यादवले निर्वाचन आयोगको कार्यालयमा निवेदन दिएका छन्।

वरीयता क्रम नमिलाई बन्दसूचीमा नाम राखेको भन्दै उनले आफ्नो नाम फिर्ता लिन निवेदन दिएका हुन्।

‘पार्टीले कायम गरेको विधिविपरीत मेरो उम्मेदवारीलाई बन्दसूचीमा वरीयताको उपयुक्त क्रम नमिलाई निर्वाचन आयोगमा पेस गरिएकोले मैले आफ्नो नामांकन फिर्ताको लागि निर्वाचन आयोगमा निवेदन दिएको छु’ उनले समाजिक सञ्जाल फेसबुकमा लेखेका छन्।

मधेसी समूहमा क्रम संख्या २ नम्बरको सट्टा ३ नम्बरमा राखिएको थाहा पाएपछि यादवले असन्तुष्टि पोखेका हुन्। पूर्वराष्ट्रपति डा. रामवरण यादवका छोरा यादव शेखर कोइराला समूहका नेता हुन्।

प्रतिक्रिया दिनुहोस्