बस र ट्रक जुध्दा १५ घाइते, ५ जनाको अवस्था गम्भीर



कैलाली । कैलालीबाट बझाङका लागि छुटेको बस र बझाङबाट धनगढीतर्फ गईरहेको ट्रक एक आपसमा ठोक्किदा कम्तीमा १५ जना घाईते भएका छन्। डडेल्धुराको आलिताल गाउँपालिका क १ मा पर्ने गङखेत भन्ने स्थानमा दुर्घटना भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ।

ट्राफिक प्रहरीका अनुसार सदूरपश्चिम यातायातको ना ५ ख ६७३४ नम्बरको बस र से १ ख ८७८ नम्बरको ठोक्किएको हो।

दुर्घटनामा परी घाईते भएकामध्ये ४ जनाको अवस्था गम्भीर रहेको बताइएको छ। घाइते २ जनालाई धनगढी र २ जनालाई जिल्ला अस्पताल डडेल्धुरा पठाइएको प्रहरीले जनाएको छ। बसमा २४ जना सवार थिए।

प्रतिक्रिया दिनुहोस्