जनताको घरमा पानीको धारो पुर्‍याएर रत्न नेवारले सुरु गरे दसैं



रामेछाप । हिन्दु नेपालीहरुको महान पर्व विजया दशमी आफूभन्दा ठुला बढाको आर्सिवाद लिएर मनाइने प्रचलन रहेको छ । नेपाली समाजमा पेशा, व्यवसाय वा रोजगारी र जागिरको शिलशिलामा घर बाहिर रहेको आफन्तहरु पनि दसैंको अवसरमा घर फर्किने गर्दछ ।

घटस्थापनादेखि सुरु हुने दसैं विभिन्न समुदाय वा क्षेत्रमा विभिन्न कार्यक्रम गर्दै वा आ–आफ्नो तरिकाले रमाइलो गर्दै मनाउने गर्दछ । विश्वव्यापी महामारीको रुपमा रहेको कोरोना भाइरस संक्रमणको कारण अघिल्लो वर्षहरु दसैं खासैं रमाइलो नभएपनि यो वर्ष दसैंको माहोल बढेको छ ।

दसैंलाई आ–आफ्नो तरिकाले मनाउने क्रममा रत्न बहादुर नेवारले भने रामेछाप नगरपालिका वडा नम्बर ४ हिमगंगाको बसेरीमा जनताको घरमा पानीको धारा पुर्‍याएर दसैंको सुरुवात गरेका छन् । उनले आफ्नै गाउँका जोगी टोलमा रहेको २-३ घर परिवारको लागि निजी खर्चमा पानी तान्ने मोटर किनेर पानीको मुहानदेखि घरसम्म पानी ल्याइदिएका हुन् ।

हिन्दु नेपालीहरुको महान पर्व दसैंको मुख्य दिन महाअष्टिमीको दिन उनले मोटर जोडेर घरकै आगनमा पानी झार्दिएपनि आफूले बेलुका महाअष्टमी भोज सुरु गरेको बताए । महाअष्टमीको बेलुका आफूहरुको दसैंको महत्वपूर्ण भोज हुने उनले बताए ।

पानीको मुहानभन्दा माथि घर भएको कारण उनीहरु पानी लिनको लागि गाग्री बोकेर मुहानमा पुग्न पर्ने बाध्यता थियो । नेवारले मोटर जोडिदिएपछि अब मुहानमा पानी लिन जाने समस्या समाधान भएको छ ।

स्थानीय उनीहरुसँगै पाइप रहेको र आफूले मोटर दिएर उनीहरुलाई खानेपानीको लागि सहज बनाइदिएको नेवारले बताए । उनले गत स्थानीय निर्वाचनमा भोट माग्न जाँदा दिएको वचन अनुसार आफूले मोटर व्यवस्थापन गरिएको बताए ।

माओवादी केन्द्र रामेछाप नगरको नेतासमेत रहेका नेवार समाजसेवी तथा हाइड्रो व्यवसायी हुन् । उनले यसभन्दा पहिले पनि विभिन्न सामाजिक नेतृत्व गरेर सफल भइसकेका छन् । उनले शिक्षा, स्वाथ्य, खानेपानी, सडक, बिजुलीलगायतको विकासको लागि हिमगंगामा सफल नेतृत्व गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्