उत्तर कोरियाले जापानमाथि प्रहार गर्‍याे ब्यालेस्टिक मिसाइल



काठमाडौं । उत्तर कोरियाले जापानमाथि अहिलेसम्मकै लामाे दुरीकाे ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ। क्षेप्यास्त्र प्रशान्त महासागरमा खस्नुअघि आफ्नो क्षेत्रबाट उडेर गएको देखेपछि जापान सरकारले आफ्ना नागरिकहरूलाई चेतावनी दिएको थियो।

“उत्तर कोरियाले क्षेप्यास्त्र प्रक्षेपण गरेको देखिन्छ। कृपया भवनहरू वा अन्डरग्राउन्ड खाली गर्नुहोस्,” जापान सरकारले स्थानीय समयअनुसार ७ः३० मा जारी गरेको दुर्लभ चेतावनीमा भन्यो।

अधिकारीहरूले जापानबाट करिब तीन हजार किलोमिटरभित्र प्रशान्त महासागरमा खसेको र यससँग सम्बन्धित कुनै क्षतिको जानकारी नआएको बताएका छन्। टाेक्याेले उक्त क्षेप्यास्त्रले चार हजार छ सय किलाेमिटर दुरी पार गरेकाे र याे अहिलेसम्मकै लामाे दुरी हुनसक्ने बताएकाे छ ।

उत्तर कोरियाले पाँच वर्षयता पहिलोपटक मंगलबार जापानमाथि क्षेप्यास्त्र प्रहार गरेको हो। पछिल्लोपटक सन् २०१७ मा प्रहार गरेको थियो। संयुक्त राष्ट्रसंघले उत्तर कोरियालाई ब्यालिस्टिक र आणविक हतियारहरू परीक्षण गर्न प्रतिबन्ध लगाएको छ । तर, उत्तर कोरियाले उल्लङ्घन गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्