वार्षिक १ खर्ब ७ अर्बभन्दा धेरै तलब, ज्याला र सुविधामा खर्च गर्छन् औद्योगिक प्रतिष्ठान



काठमाडौं । नेपालका औद्योगिक प्रतिष्ठानले एक वर्षमा तलब, ज्याला र सुविधामा एक खर्ब ७ अर्ब रुपैयाँभन्दा धेरै नगद खर्चिने गरेको पाइएको छ ।

केही दिनअघि प्रकाशित राष्ट्रिय औद्योगिक सर्भेकाअनुसार नेपालका ६० हजार १८५ वटा उद्योगमा ३ लाख ८१ हजार ६८७ जना श्रमिक कर्मचारी छन् । उनीहरुमध्ये विद्युत ग्यास, बाफ तथा वातानुकुलीन क्षेत्रमा काम गर्ने कर्मचारी तथा श्रमिकले सबभन्दा धेरै औषतमा वार्षिक ४ लाख एक हजार रुपैयाँ तलब रपारिश्रमिक पाउने गरेको देखिएको छ ।

औद्योगिक उत्पादनशील क्षेत्रका ५६ हजार ६११ औद्योगिक प्रतिष्ठानले मात्रै एक वर्षमा ९५ अर्ब ७७ करोड ४५ लाख ८३ हजार रुपैयाँ तलबमा खर्च गर्ने गरेको पाइएको छ । यस क्षेत्रका श्रमिकको वाषिर्क औषत तलब तथा पारिश्रमिक २ लाख ७६ हजार रुपैयाँ छ ।

यस्तै, विद्युत ग्यास, बाफ तथा वातानुकुलिन क्षेत्रका ९९४ उद्योगले १७ हजार २३८ कर्मचारीका लागि ६ अर्ब ९२ करोड ७ लाख ३३ हजार रुपैयाँ पारिश्रमिकका लागि खर्च गर्छ । जसका श्रमिक कर्मचारीको वाषिर्क तलब औषतमा ४ लाख एक हजार रुपैयाँ छ ।

पानीको आपूर्ति, ढल निकास, फोहर व्यवस्थापन र त्यसको उपचारात्मक क्षेत्रका २ हजार २२४ वटा उद्योगमा १२ हजार ५८७ कर्मचारी छन् । उनीहरुका ३ अर्ब ३९ करोड ५९ लाख ८७ हजार रुपैयाँ तलबमा खर्च गर्ने गरेका छन् । यो क्षेत्रका श्रमिकले वाषिर्क २ लाख ६९ हजार रुपैयाँ तलब तलब तथा पारिश्रमिक बुझ्छन् ।

यस्तै खानी तथा उत्खनन क्षेत्रका ३५६ उद्योगले ५ हजार ७१९ कादारका लागि एक अर्ब ८० करोड १३ लाख ३२ हजार रुपैयाँ तलबमा खर्च गर्ने गरेको पाइएको छ । यसक्षेत्रका श्रमिक कर्मचारीको औषत पारिश्रमिक वाषिर्क ३ लाख १४ हजार रुपैयाँ पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्