राष्ट्रपति भण्डारीले सर्वसाधारणलाई दसैँको टीका लगाइदिने



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज (बुधबार) विजया दशमीका दिन विशिष्ट व्यक्ति र सर्वसाधारणलाई दसैँको टीका लगाइदिने भएकी छन्। राष्ट्रपति कार्यालयले राष्ट्रपति भण्डारीले विशिष्ट व्यक्तिलाई टीका लगाउनका लागि १ घण्टा समय छुट्याइएको जनाएको छ।

यस्तै, सर्वसाधारणका लागि २ घण्टाको समय निर्धारण गरिएको छ। इच्छुक विशिष्ट व्यक्तिहरु उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, केन्द्र सरकारका मन्त्री, प्रदेश प्रमुख, न्यायाधीशहरु, संघीय संसदका सांसद र संवैधानिक निकायका पदाधिकारीहरुलाई बुधबार दिउँसो २ बजेदेखि ३ बजे सम्मको समय निर्धारण गरिएको छ।

यस्तै, राष्ट्रपतिबाट टीका लगाउन इच्छुक सर्वसाधारणका लागि दिउँसो ३ बजेदेखि साँझ ५ बजे सम्मको समय निर्धारण गरिएको छ।

प्रतिक्रिया दिनुहोस्