बा र आमाको हातबाट ओली लगाए टीका



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना बुवा मोहनप्रसाद ओली र बढीआमा हरिमाया ओलीको हातबाट दसैंको टीका ग्रहण गरेका छन् ।

दसैं मनाउन धर्मपत्नी राधिका शाक्यसहित झापा पुगेका उनले दमकस्थित आफ्नै निवासमा टीका ग्रहण गरेका हुन् ।

बुवा मोहनप्रसाद र बढीआमा हरिमायाले पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीलाई साइत पारेर ११ः५१ बजे नै सँगै टीका लगाइदिएका हुन् ।

त्यसअघि ओलीले बालबालिकालाई टीका लगाइदिएका थिए।

प्रतिक्रिया दिनुहोस्