बारामा बस दुर्घटना हुँदा १२ जनाकाे मृत्यु, २० जना घाइते



बारा । बाराकाे अमलेखगन्जस्थित ३ नम्बर पुल नजिक बस दुर्घटना हुँदा कम्तीमा १२ जनाकाे मृत्यु भएकाे छ भने २० जना गम्भीर घाइते छन्। घाइतेहरुलाई उपचारका लागि हेटाैंडा लगिँदै छ।

दुर्घटना मकवानपुर र बाराको सिमानामा भएको मकवानपुरका एसपी वामदेव गौतमले जानकारी दिए। नारायणगढबाट पथलैयातर्फ आउँदै गरेकाे ०६-००१ ख ०१० नम्बरकाे बस खाेलामा झरेकाे थियाे ।

बसमा ३५ देखि ४० जना यात्रु रहेको प्रहरीले बताएको छ। जितपुरसिमरा उपमहानगरपालिका २२ मा दुर्घटना भएकाे हाे ।

प्रतिक्रिया दिनुहोस्