बारा बस दुर्घटना : मृत्यु हुनेको संख्या १४ पुग्याे



हेटौंडा । बाराको अमलेखगन्जमा भएकाे बस दुर्घटनामा मृत्यु हुनेकाे संख्या १४ पुगेको छ। दुर्घटनामा ९ जना पुरुष र ५ जना महिला गरी १४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ।

बिहीबार बिहान हेटौंडाबाट पथलैया जाँदै गरेको बा प्र ०६-००१ ख ०११० नम्बरको बस दुर्घटना भएको हो। बाराको अमलेखगन्जस्थित ३ नम्बर पुल नजिकै दसैँको दोस्रो दिन भएको दुर्घटनामा अधिकांश टीक ग्रहण गर्न हिंडेका यात्रु परेका छन्।

दुर्घटनामा मृत्यु हुनेको परिचय नखुलेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइतेहरुलाई हेटौंडा अस्पतालमा उपचारको लागि ल्याइएको छ।

प्रतिक्रिया दिनुहोस्