बालकोट र बालुवाटार दुबै तिर वार्ता गर्दै जसपा



काठमाडौं । सत्ता गठबन्धन दलभित्र रहेको जनता समाजवादी पार्टीले अहिले बालुवाटार र बालकोट दबै तिर वार्ता जारी राखेका छन् । सत्ता गठबन्धनमा प्रस्तावित भागवण्डाप्रति असन्तुष्ट जसपाले कार्यकारिणी समितिबाटै अरु दलसँग तालमेल खुला गर्ने निर्णय अनुसार अहिले जसपाले बालुवाटार र बालकोट दुवै तिर वार्ता गरिरहेको छ ।

बिहीबार विहानैदेखि प्रधानमन्त्रीको सरकारी निवास, बालुवाटारमा बसिरहेको छ । बालुवाटारबैठकमा वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ र प्रवक्ता मनिष सुमन छन् । अध्यक्ष उपेन्द्र यादव भने एमाले नेतृत्वसँग छलफलमा जुटेका छन् ।

त्यसअघि नै यादवले एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरुसँग सम्पर्कमा थिए ।

जसपा नेताहरुका अनुसार सत्ता गठबन्धन फुटाउने शर्तमा एमाले जसपालाई देशभरमा प्रतिनिधिसभाको २५ सिट दिन तयार देखिएको छ । प्रदेश २ मा जसपा र देशभरमा एमाले पहिलो पार्टी हुने गरी आजै सहमति हुनसक्ने जनाइएको छ ।

गठबन्धनमा जसपालाई १६ सिट प्रस्ताव गरिएको छ । गठबन्धनमा सम्मानजनक सहमति नभए एमालेसँग सिट बाँडफाँटको सहमति हुनसक्ने दुबै दलका नेताहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्