६८५ जना कोरोनाका सक्रिय संक्रमित



काठमाडौं । नेपालमा ६८५ जना मात्रै कोरोनाका सक्रिय संक्रमित रहेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अब नेपालमा ६८५ जना कोरोनाका सक्रिय संक्रमित छन्।

पछिल्लो २४ घण्टामा देशभर थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सोही अवधीमा ५७ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज जारी गरेको बिबरण अनुसार थप ३२८ नमुना परीक्षण गर्दा ११ जनामा संक्रमण पुष्टि भएको हो।

प्रतिक्रिया दिनुहोस्