३ पदका लागि रोल्पामा १५ जनाको उम्मेदवारी दर्ता



रोल्पा । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि रोल्पावाट १५ जनाले उम्मेदवारी दर्ता गरेका छन् ।

जिल्ला निर्वाचन कार्यालय रोल्पाका अनुसार १ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा ५ जना २ प्रदेशसभा निर्वाचन क्षेत्रमा १० जनाको उम्मेदवारी परेको छ ।

प्रतिनिधि सभामा नेकपा माओवादी केन्द्रका वर्षमान पुन, नेपाल मजदुर किसान पार्टीवाट नाती भाइ ह्योम्बा, नेकपा एमालेबाट पूर्ण वुढामगर, राप्रपाबाट लीला रावल र राप्रपा नेपालबाट रामबहादुर वलीक्षेत्रीको उम्मेदवारी परेको छ ।

प्रदेशसभा (क) मा नेकपा एमालेबाट कमल वुढाथोकी, राप्रपा नेपालबाट गंजवहादुर शाही , नेकपा माओवादी केन्द्रबाट जोखबहादुर महरा र राप्रपाबाट पदमबहादुर थापाको उम्मेदवारी दर्ता भएको छ ।

प्रदेशसभा (ख) मा नेपाली कांग्रेसबाट अमरसिंह पुन, राप्रपाबाट केशरबहादुर पुन, स्वतन्त्रवाट दीपेन्द्रकुमार पुनमगर र नवराज डाँगी, नेकपा एमालेबाट प्रेमबहादुर घर्तीमगर र राप्रपावाट सेते दमाईकोे उम्मेदवारी दर्ता भएको छ ।

प्रतिक्रिया दिनुहोस्