२ सय ८२ जना सवार विमान दुर्घटनाबाट बच्यो



काठमाडौं : फ्रान्सदेखि सांघाइको लागि उडेको एयर फ्रान्स २८२ विमान दुर्घटनाबाट बचेको  छ । विमानमा समस्या आएपछि पाइलटले आइतबार साइबेरियामा आकस्मीक अवतरण गराएका थिए ।

दुर्घटनामा कसैको मृत्यु नभएपनि सयौं यात्रु ७२ घण्टासम्म साइबेरियाको वरफिलो स्थानको चिसो खेप्न बाध्य भए । विमान अवतरण गराइएको स्थान पूर्णतया हिउँ र वरफले ढाकेको थियो ।

विमानमा सवार २ सय ८२ जना कसैलेपनि चिसो थाम्ने कपडा लगाएका थिएनन् । यस्तै उद्धारका लागि आएको विमानमा समेत खराबी आएपछि उनीहरु ७२ घण्टासम्म चिसोबाट ग्रसित हुन परेको जनाइएको छ ।

रुसको भिसा नभएका कारण समेत उनीहरुले सास्ती खेप्नु परेको थियो । उनीहरुलाई पुरा ३ दिन प्रहरीको निगरानीमा राखिएको थियो । बुधबार बिहानमात्र उनीहरुलाई त्यहाँबाट गन्तव्यतिर पठाइएको द मस्को टाइम्सले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्