जुवा खेल्दा पक्राउ परेका उद्योगी व्यापारी १२ हजार धरौटीमा छुटे



मोरङ : बुढीगंगा गाउँपालिकास्थित गंगाचोकमा गत शनिबार राति जुवा खेल्ने क्रममा पक्राउ परेका विराटनगरका ५ उद्योगी व्यापारी बुधबार छुटेका छन् ।

जुवा खेल्दै गरेको अवस्थामा पक्राउ परेका उद्योगी चम्पालाल राठी तथा धान चामल व्यापारीहरू विमल अग्रवाल, मुकेशकुमार अग्रवाल, जीवन रिजाल र हंशराज जैनलाई मोरङ प्रशासनले धरौटीमा छाडेको हो । उनीहरूलाई जनही रु. १२ हजार धरौटीमा छाडिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

उद्योगी राठीको उद्योगको गोदामबाट पक्राउ परेका उनीहरूका साथबाट प्रहरीले रु. १ लाख ९० हजार र १७ बुक तास बरामद गरेको थियो ।

यसअघि जुवा खेल्दै गरेको अवस्थामा पक्राउ परेका व्यक्तिहरू यतिका दिन थुनिएका थिएनन् । चर्चित व्यक्तिलाई पक्राउलगत्तै छाडिँदा विरोध आउने भएकाले अनुसन्धानका लागि केही दिन थुनामा राख्नु परेको एक प्रहरी अधिकृतले बताए ।

प्रतिक्रिया दिनुहोस्