अर्घाखाँचीमा महिला उम्मेदवार १ जना मात्रै



अर्घाखाँची । अर्घाखाँचीमा १ प्रतिनिधिसभा र २ प्रदेश सभा सदस्य पदका लागि २५ जना उम्मेदवार रहे पनि महिला उम्मेदवार भने १ जनामात्र रहेकी छन् । विभिन्न राजनितिक दल र स्वतन्त्र गरी २५ जना उम्मेदवार रहे पनि १ जनामात्र महिलालाई राजनीतिक दलले स्थान दिएका छन् ।

प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसको तर्फबाट पुष्पा भुसाल गौतमको एकमात्र महिलाको उम्मेदवारी परेको छ । अर्घाखाँचीमा प्रतिनिधिसभा सदस्यका लागि ११, प्रदेश सभा (क) का लागि सात र प्रदेश सभा (ख) का लागि ७ जना उम्मेदवार रहेका मुख्य निर्वाचन अधिकृत डाक्टर श्रीकृष्ण भट्टराईले जानकारी दिएका छन् ।

राजनीतिक दलहरूले महिलाका लागि भनेर लोकप्रिय नारा, सस्ता कार्यक्रम लिएर आए पनि प्रत्यक्षतर्फ सन्तोषजनकरूपमा उम्मेदवार बनाउन सकेका छैनन् । संविधानले महिलाका लागि अरक्षण तथा समानुपातिकको व्यवस्था गरे पनि प्रत्यक्षतर्फ महिलाको उम्मेदवारी निकै कम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्