‘जाउँ गुरु’ राइड सेयरिङ एप सार्वजनिक



काठमाडौं । जाउँ गुरु प्रा.लि.ले ‘जाउँ गुरु’ राइड सेयरिङ एप सार्वजनिक गरेको छ। आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै युवा व्यवसायीहरु खुशी लिम्बू, इन्द्रहाङ लिङदेन र दिवाकर अर्यालले जाउँ गुरु प्रा.लि.मार्फत नयाँ राइड सेयरिङ एप सार्वजनिक गरेका हुन् ।

नेपालमा अन्य राइडर एपहरुकोभन्दा फरक सेवा सुविधासहित नेपालमा नै बनाइएको जाउँ गुरु एप बजारमा आएको हो। यो एपमा मोटरसाइकल र ट्याक्सी राइडरहरुले एपसँग आवद्ध भएर यात्रुहरुलाई चढाउँदा समेत शुल्क नलाग्ने प्रा.लि.ले जानकारी दिएको छ।

मोटरसाइकल र ट्याक्सी राइडरहरुले सजिलै एपमा आवद्ध हुनसक्ने र राइडर, यात्रुको लागि बीमामा कमिसन पाउने व्यवस्था गरेको छ। जाउँ गुरु प्रा.लि.का अध्यक्ष इन्द्रहाङ लिङदेनले नेपालको लागि नेपालमा नै बनाएको राइडर एप सार्वजनिक गरिएको बताए ।

उनले चाँडै काठमाडौं उपत्यका लगायत देशैभरका सहरहरुमा सेवा बिस्तार गर्ने योजनाकासाथ काम गरिरहेको पनि बताए । नेपालमा प्रयोगमा आएका राइड सेयरिङ एपहरुले मोटरसाइकल र ट्याक्सीले मात्रै् सुविधा दिँदै आएकामा जाउँ गुरुले बाइक डेलिभरी, मिनी ट्रक, पानी ट्याङ्कर र
जिपसमेत भाडामा लिन सहजिकरण सेवा उपलब्ध छ।

प्रतिक्रिया दिनुहोस्