छाप्ला त नेपाल राष्ट्र बैंकले दश हजार दरको नोट ?



काठमाडौं : नेपाल बैंकर्स संघका अध्यक्ष तथा नेपाल बंगलादेश बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगानाले दश हजार रुपैयाँको नोट छाप्न सुझाब दिएका छन ।

नेशनल बैंकिङ इन्ष्टिच्युट (एनबिआइ) ले 'इथिक्स अन बैंकिङ' मा आयोजना गरेको अन्तरकृया कार्यक्रममा बोल्दै ढुंगानाले नेपालको मुल्यवृद्धि अनुसार नेपाल राष्ट्र बैंकले दश हजार दरको नोट छाप्नुपर्ने बताए । 

उनले आजको दिनमा एक हजार रुपैयाँले केहि नआउने बताउदै मुद्रा व्यवस्थापनको लागि सरकारले ५००० र १०,००० दरको नोट छाप्नुपर्ने बताए । 'आजको दिनमा हजारको नोटले पनि केहि आउदैन, मुल्य वृद्धि अनुसार मुद्रा व्यवस्थापन गर्न राष्ट्र बैंकले कित ५ र १० हजार दरको नोट छाप्नुपर्यो कि त डिजिटल भुक्तानीलाई थप सहज र सरल बनाउनुपर्यो,' ढुंगानाले भने । 

नेपाल राष्ट्र बैंकले अहिले १, ५, १०, २०, ५०, १००, ५०० र १००० दरका नोट छाप्दै आएको छ । महंगी बढेकाले हजार रुपैयाँ पनि भुक्तानीमा कम भएकाले त्यो भन्दा माथिको दरको नोट संचालनमा ल्याउनुपर्ने आवाज उठ्न थालेको हो । 

प्रतिक्रिया दिनुहोस्