फुटबलका सबै भन्दा महंगा खेलाडी नेयमार विश्वका उत्कृष्ट २० खेलाडीमा अटाएका छैनन् । ‘गोल ५०’ले हरेक वर्ष संसारका उत्कृष्ट ५० खेलाडीलाई अवार्ड पर्दान गर्छ । यसका लागि उसले उत्कृष्ट ५० खेलाडी छनौट छ ।
यस वर्षको उत्कृष्ट ५० खेलाडीको घोषणा बुधबार साँझ ५ः४५ बजे हुँदैछ । उसले उत्कृष्ट २० मा परेका केही खेलाडीको नाम सार्वजनिक गरेको छ । जसमा तेस्रो नम्बरमा लिभरपुलका मोहम्मद सलाह परेका छन् ।
तर, नेयमार उत्कृष्ट २० खेलाडीमा परेका छैनन् । पेरिस सेन्ट जर्मन क्लबका स्टार नेयमार अहिलेका महंगा खेलाडी हुन् । उनी गतवर्ष बार्सेलोनाबाट २२२ मिलियन डलरमा ट्रान्सफर भएका थिए ।
उनले पछिल्लो समय राम्रो प्रदर्शन गर्न सकेका छैनन् । रसियामा भएको विश्वकपमा पनि ब्राजिलका लागि उत्कृष्ट खेल प्रदर्शन गर्न सकेनन् ।