अब श्रमिकले पनि पेन्सन पाउने



काठमाडौं : श्रम ऐन लागू भएका संस्थामा कार्यरत श्रमिक तथा योगदानकर्ताले वृद्धावस्थामा निवृत्तिभरण (पेन्सन) पाउने भएका छन् ।

सामाजिक सुरक्षा आयोजना कार्यविधि ०७५ को मस्यौदामा वृद्धावस्था सुरक्षा योजनाका लागि रोजगारदाताले श्रमिकको आधारभूत पारिश्रमिकबाट निश्चित प्रतिशत जम्मा गरिदिएर उक्त रकमबाट पेन्सन दिने व्यवस्था गरिएको छ ।

पेन्सन योजना ०७६ साल साउन १ गतेपछि लागू हुने छ । 

काम गर्ने उमेरमा श्रम गरेर राज्यका लागि योगदान गरेकाहरुको कदरस्वरुप वृद्ध अवस्था सुरक्षा योजनाका लागि नीति वनाइएको हो ।

अब वृद्धावस्थामा आर्थिक समस्याले पिरोलिनुपर्ने अबस्थाको अन्त्य हुने विश्वास गरिएको छ । यो समाचार आजको नागरिक दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्