१८ लाख घरधुरी अझै अँध्यारोमा



काठमाडौं : नेपालमा अझै १८ लाख घरधुरी विद्युत्को पहुँचबाहिर छन् ।

विद्युत्को पहुँच पुगेको क्षेत्रमा लोडसेडिङ अन्त्य भएर सरकार र विद्युत् प्राधिकरणको प्रशंसा भइरहेका बेला अझै ठूलो संख्यामा घरधुरी विद्युत्को पहुँच बाहिर रहेका छन् । 

नेपाल विद्युत् प्राधिकरणका अनुसार हालसम्म प्राधिकरण र सामुदायिक विद्युतीकरणमार्फत् ५९ लाख घरधुरीमध्ये ४१ लाख घरधुरीमा विद्युत्को केन्द्रीय प्रशारण लाइनको पहुँच पुगेको छ । जुन करिब ७७ प्रतिशत हो ।

अझै १८ लाख घरधुरीमा विजुलीको पहुँच छैन । सरकारले पाँच वर्षभित्र सबैलाई विजुलीको पहुँचमा पुर्याउने लक्ष्य लिएको छ ।

तर, प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले दुई वर्षभित्रै शतप्रतिशतमा विजुली पु¥याउने सकिने बताएका छन् । यो समाचार आजको कारोबार दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस्