टी-२० विश्वकप क्रिकेट, बंगलादेशमाथि दक्षिण अफ्रिकाको सानदार जित



काठमाडौं । टी-२० विश्वकप क्रिकेटमा दक्षिणा अफ्रिकाले बंगलादेशमाथि १०४ रनको फराकिलो जित हात पारेको छ । सिड्नीमा जितका लागि २०६ रनको लक्ष्य पछ्याएको बंगलादेश १६.३ ओभरमा १०१ रनमा अलआउट भयो ।

बंगलादेशका लिटोन दासले ३४ तथा शौम्य सरकारले १५ रन बनाए । दक्षिण अफ्रिकाका एन्रिच नोर्टेजले ४ विकेट लिए । यसअघि पहिला ब्याटिङ गरेको दक्षिण अफ्रिकाले २० ओभरमा ५ विकेट गुमाउँदै २०५ रन बनाएको थियो । उसका लागि रिल रोस्सुले १०९ रन बनाए । त्यसक्रममा ५६ बलको सामना गरेका उनले ७ चौका र ८ छक्का हाने ।

यस्तै क्विन्टन डी ककले ६३ रन बनाए । पहिलो खेलमा जिम्बावेसँग अंक बाँडेको दक्षिण अफ्रिकाको २ खेलबाट ३ अंक छ । बंगलादेशको भने २ अंक मात्र छ ।

प्रतिक्रिया दिनुहोस्