पूर्वराजा ज्ञानेन्द्र शाह विदेश भ्रमणमा



काठमाडाैं : पूर्वराजा ज्ञानेन्द्र शाह २०७५ को असोज महिना पनि विदेशमै रमाउने कार्यक्रम रहेको छ । उनका ती भ्रमणह राजनीतिदेखि पारिवारिक र पर्यटकीयसम्म हुनेछन् । 

देशदेशावरको यात्रामा निस्केका ज्ञानेन्द्र शाह अहिले श्रीलंकाको राजनीतिक भ्रमणमा व्यस्त छन् । २०७५ भदौ २९ गतेबाट थाइलैण्ड भ्रमणमा निस्केका शाह एक महिना पुरै विदेशमा बिताउने छन् । 

२९ भदौमा विदेश भ्रमणमा निस्केका पुर्वराजा शाह ३० असोजमा नेपाल आइपुग्नेछन् । यो समयमा उनी थाइलैण्ड, श्रीलंका, भारतदेखि माल्दिभ्ससम्मको यात्रा गर्नेछन् । 

२९ भदौमा थाईलैण्ड निस्केका पूर्वराजा शाहको परिवारले त्यहाँ शुद्ध पारिवारिक भ्रमण सम्पन्न गरेका छन् । 

पूर्वअधिराजकुमारी हिमानी शाहका छोरीहरु पूर्णिका र कृतिकासँग भेटघाट गरेपछि पूर्वराजपरिवारको टोली अहिले श्रीलंका पुगेको छ । आजको साँघु साप्ताहिकमा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस्