५ वर्षमा साढे १२ लाख नयाँ रोजगारीको सृजना



काठमाडौँ । नेपाली कांग्रेसले आगामी निर्वाचनका लागि चुनावी घोषण पत्रमा ५ वर्षमा साढे १२ लाख नयाँ रोजगारी सृजना गर्ने देखि १० हजार मेगावाट विद्युत उत्पादन, तरकारी फलफूल, माछा मासु दुधमा आत्मनिर्भर र जडिबुटीको निर्यात दोब्बर कृषि मल कारखाना स्थापना कृषि कर्जामा वद्धि लगायतका कार्यक्रम सर्वजनिक गरेको छ ।

आगामी ४ मङ्सिरमा हुने प्रतिनिधिसभा र प्रदेशका लागि ल्याएको चुनावी घोषण पत्रमा ५ वर्षमा भित्र १२ लाख ५० हजार रोजगारी सिर्जना गर्ने र न्यूनतम वार्षिक ७ प्रतिशतको आर्थिक वृद्धिदर कायम गर्ने प्रतिबद्धता गरेको छ । घोषणपत्रमा मर्यादित रोजगारी सृजना गर्न ठुलै संरचनात्मक पहल चाहिने भएकाले नेपाली कांग्रसले आर्थिक क्षेत्रका विद्यमान नीतिगत, कानुनी र प्रक्रियागत नयाँ चरणको ‘ओम्निबस’ आर्थिक सुधारको नयाँ चरण प्रारम्भ गर्दै अर्थतन्त्रमा स्वदेशी उत्पादनमूलक उद्योगको अंश ५ दशमलव ६ प्रतिशतबाट ९ प्रतिशत कायम गर्ने नीति लिएको जनाएको छ ।

सूचना प्रविधि उद्योग, पर्यटन निर्माण र यातायात वित्तीय, क्षेत्र, खनिज कला, तथा मनोरञ्जन लगायत अन्य सेवा क्षेत्रमा वार्षिक २ लाख ५० हजार नयाँ रोजगारी सृजना गर्ने प्रतिबद्धता गरेको छ ।

१० हजार मेगावाट बिजुली उत्पादन

कांग्रेसले आफ्नो  चुवानी घोषणपत्रमा आगामी ५ वर्षभित्र कूल १० हजार मेगावाट बिजुली उत्पादन गर्ने सङ्कलप गरेको छ । यस्तै उर्जामा शतप्रतिशत नेपालीको घरायसी कृषि र उद्योग व्यापारको आवश्यकता परिपूर्ति गरी प्रतिव्यक्ति विद्युतीय ऊर्जा खपत १२०० युीनट पुर्‍याइने उल्लेख गरेको छ ।

कुल ऊर्जाको १० प्रतिशत भन्दा बढी बैकल्पिक ऊर्जाको स्रोतबाट प्राप्त गर्न ग्रीड जडित सौर्य ऊर्जा , सौर्य फार्म, जैविक तथा वायु ऊर्जा जस्ता प्रविधि परिचालन घोषण पत्रमा उल्लेख छ । आगामी ५ वर्षमा ४०० केभी को पूर्व-पश्चिम प्रसारण लाइन सम्पन्न गरिने, बुटवल गोरखपुर अन्तर्राष्ट्रिय विद्युतीय प्रसारण लाइन निर्माण सम्पन्न गरी लम्की बरेली लगायत भारतसँग थप तीनवटा र चीनसँग एउटा अन्तर्राष्ट्रिय प्रसारण लाइनको अध्ययनमा लाभदायक देखिएमा पीपीपी मोडलमा आन्तरिक तथा बाह्य स्रोत परिचालन गरी निर्माण कार्य सूरू जनाएको छ ।

यस्तै कांग्रेसले घोषण पत्रमा ५० प्रतिशत खेती योग्य जमिनमा बाहै महिना सिँचाइ सुविधा पुर्‍याउने जनाएको छ । ७५ प्रतिशत घरधुरीमा स्वच्छ खानेपानीको पुराउने र ९५ प्रतिशत भन्दा बढी जनसंख्यालाई आधुनिक सरसफाई प्रणालीमा आवद्ध गरि सबै शहरहरूमा फोहोर पानी ट्रिटमेन्ट परियोजना सहित दिगो ढल प्रणालीहरू बनाउने नेपाली कांग्रेसले घोषण पत्रमा उल्लेख गरेको छ ।

यस्तै कांग्रेसको घोषण पत्रमा विपन्न परिवारहरुले प्रयोग गर्ने विद्युतको हकमा मासिक ५० किलोवाट आवरसम्म निःशुल्क दिइने प्रतिबद्धता व्यक्त गरिएको छ । हालसरकारले २० किलोवाट आवरसम्म निःशुल्क विद्युत उपलब्ध गराउँदै आएको छ । यसै सन्दर्भमा कांग्रेसले ‘स्वच्छ ऊर्जा उत्पादन ः दिगो विकासको आधार’ भन्ने मूल नाराका साथ आगामी ५ वर्षमा विद्युतीय ऊर्जाको उत्पादन गर्ने लक्ष्य राखेको छ ।

नेपालीको घरायसी, कृषि र उद्योग व्यापारको आवश्यकता परिपूर्ति गरी प्रतिव्यक्ति विद्युतीय ऊर्जा खपत १ हजार २०० युनिट पु¥याइने लक्ष्य राखिएको छ । कांग्रेसको घोषणापत्रमा ‘ नेपालको ऊर्जा उत्पादनमा पूर्वाधार र प्रसारण लाइन निर्माणमा सुस्तता रहेकाले उपलब्ध जलस्रोतको अधिकतम सदुपयोग गर्न सकिएको छैन । हिउँदमा अझै विद्युत् र ठूलो रकममा खनिज तेलको आयात गर्नुपरेको छ । आन्तरिक ऊर्जा प्रणाली भरपर्दो नहुनाले विद्युतीय ऊर्जाको बहुप्रयोग बढाउन सकिएको छैन । विद्युत् पहुँचका लागि वितरण प्रणालीको उपलब्धता र विद्युत् आपूर्तिको विश्वसनीयता बढाउँदै ऊर्जा निर्यातको दीर्घकालीन सुनिश्चितता खोज्न आवश्यक पूर्वाधार र कूटनीति बलियो बनाइने ’उल्लेख छ ।

यसैगरी आयातित ग्यास र अन्य परम्परागत इन्धनलाई विस्थापन गर्न विद्युतीय चुलोको वितरण र प्रयोगलाई व्यापक वित्तीय प्रोत्साहन दिने, राष्ट्रिय ऊर्जा सुरक्षा नीति तर्जुमा गरी स्थानीय तथा प्रादेशिक सरकारमार्फत् कार्यान्वयन गर्ने कांग्रेसको योजना छ । निर्माणाधीन सुनकोसी-कमला तथा भेरी-बबई डाइभर्सनलगायत अन्य बहुउद्देश्यीय आयोजना सम्पन्न गर्ने, रानी-जमरा-कुलेरिया तथा महाकाली सिँचाइ आयोजनालगायतका निर्माणाधीन सिँचाइ आयोजनालाई पनि तोकिएको समयमा पूरा गर्ने योजना समावेश गरेको छ ।

२० लाख विदेशी पर्यटक पुर्‍याइउने प्रतिवद्धता

नेपाली कांग्रेसले आगामी ५ वर्षभित्र वार्षिक २० लाख विदेशी पर्यटक पुर्‍याउने प्रतिवद्धता गरेको छ । दिगो र समावेशी विकासका लागि पर्यटन भन्ने सोचसहित कांग्रेसले ५ वर्षमा वार्षिक विदेशी पर्यटक आगमन संख्या १२ लाखबाट २० लाख पुर्‍याइउने लक्ष्य लिएको छ । सरकारी तथ्याङ्क अनुसार सन् २०१८ र २०१९ मा १२ लाख हाराहारी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । कोभिड-१९ महामारीका कारण विदेशी पर्यटक आगमनदर पछिल्लो समय घटेको छ ।

नेपाल पर्यटन बोर्डको पछिल्लो ८ महिनामा हवाई मार्ग भएर कूल ३ लाख २६ हजार ६७ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । कांग्रेसले महामारीका कारण मुलुकको पर्यटन क्षेत्रको खस्किएको मनोबल उकास्न ५ वर्षे रणनीति बनाइने रणनीति अघि सारेको छ । कूल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको प्रत्यक्ष योगदान ५ प्रतिशत पुर्‍याउने भनिएको छ । मुलुकको पर्यटन क्षेत्रको पुनरोत्थानका लागि सरकारले सन् २०२३ देखि २०३२ सम्मको अवधिलाई नेपाल भ्रमण दशकको रुपमा मनाउने घोषणा गरिसकेको छ ।

नेपालमा हाल पर्यटकको औसत बसाई १३ दिन छ । पर्यटकको बसाई लम्ब्याएर खर्च बढाउने कांग्रेसले नीति लिएको छ । पर्यटकको बसाई अवधि १५ दिन पुर्‍याउने र प्रतिपर्यटक खर्च दैनिक ४८ डलरबाट १०० डलर पुर्‍याउने लक्ष्य लिइएको छ ।

खाद्यन्न उत्पादनकत्वमा वृद्धि

कांग्रेसले चुवानी घोषणपत्रमा कृषि क्षेत्र बहुसंख्याक नेपालीको रोजगारी। खाद्य तथा पोषण सुरक्षाका प्राथामिक आधार हो भन्ने नारा राखेको छ । खाद्यान्न उत्पादकत्वमा वृद्धि गर्ने जानएको छ । ५ वर्षभित्र भुउपयोग नीति तथा ऐन बमोजिम भूमिको वर्गीकरण गर्ने बताएको छ । प्रत्येक स्थानीय तहमा कृषि भूमिको क्लस्टर बनाइ खाद्य तत्वको परीक्षण र माटोको गुणस्तरको चित्र बनाएर उत्पादन योजना तयार गरिने उल्लेख छ । घोषण पत्रमा भनिएको छ,‘सरकारी, संस्थागत हैसियत बिग्रिएको वन, नदी उकास तथा बाँझो जग्जाहरूको लगत संकलन गरी भूमी बैकको स्थापना गरिने छ ।

भूमि बैंकमा स्थानीय कृषि मजदुर तथा कृषि उद्यमीहरूको अग्राधिकार रहने गरी कृषि उत्पादन वृद्धि कार्यक्रम सञ्चालन गरिने छ । कृषि योग्य जमिनलाई बाँझो राख्ने तथा गैरकृषि पैयोग गर्ने परिपाटीलाई निरूत्साहित गरिने छ लगायतका कार्यक्रमलाई तीव्रता दिइने उल्लेख गरेको छ । यस्तै तरकारी फलपूmल, माछा मासु दुधमा आत्मनिर्भर जडिबुटीको निर्यात दोब्बर बनाउने र कृषि मल कारखाना स्थापना गर्ने घोषणपत्रमा उल्लेख छ ।

डिजिटलाइजेशन नीति

‘डिजिटल नेपालः सुशासन र समुन्नतिको आधार’ भन्ने नाराका साथ कांग्रेसले सूचना प्रविधिलाई आर्थिक गतिविधि बढाउन, सुशासन कायम गर्न, प्रविधिमा पहुँच पुर्‍याइ विशेष गरी युवा उद्यमी, अनुसन्धानकर्ता र समग्र निजी क्षेत्रको सिर्जनशीलता प्रवद्र्धन गर्ने उपयोग गर्ने नीति लिएको छ । नेपालको कूल गार्हस्थ्य उत्पादनमा अनुसन्धान तथा विकासको अंश ० दशमलब ३ प्रतिशत रहेकोमा यसलाई बढाएर ० दशमलब ७ प्रतिशत पुर्‍याइने भनिएको छ । निर्यातमुखी डिजिटलाइजेशनलगायत सूचना सञ्चार क्षेत्रमा दुई लाख युवा संलग्न गराइने उल्लेख छ ।

टेलिमेडिसिन केन्द्रको स्थापना र सातै प्रदेशमा सूचना ज्ञान पार्क स्थापना, सबै स्थानीय तहलाई उच्च गतिको इन्टरनेट नेटवर्कको पहुँच पुर्‍याउने घोषण पत्रमा उल्लेख छ । जलवायु परिवर्तन र वातावरण संरक्षणातर्फ सन् २०४५ सम्म शून्य कार्बन (नेट जिरो) लक्ष्यअनुरुप हरित अर्थतन्त्र रोडम्याप प्रारम्भ गर्ने, विद्युतीय सवारी साधन र चुलोको प्रयोग ५० प्रतिशत बनाउने, वन ढाकेको क्षेत्रफल कूल ४७ कायम गर्ने र जलवायु परिवर्तन अनुसन्धन केन्द्र स्थापना गर्ने लक्ष्य लिइएको छ ।

प्रतिक्रिया दिनुहोस्