द बडी सपको नयाँ उत्पादन : रेटिनोलभन्दा बढी एन्टिअक्सिडेन्ट भएको ‘एडलवाइस’ बजारमा



काठमाडौं । द बडी सपले आफ्नो पोर्टफोलियोमा नयाँ उत्पादन थपेको छ। यसले ‘एडलवाइस’ नामक नयाँ सौन्दर्य सामग्री थपेको छ । बडी सपले नयाँ नयाँ उत्पादन बजारमा पठाइरहेको छ ।

एडलवाइस हिमालमा फुल्ने एक प्रजातिको फूल हो, जसमा धेरै एन्टिअक्सिडेन्ट शक्ति हुन्छ । सरल भाषामा एन्टिअक्सिडेन्ट भन्नाले विभिन्न किसिमको पौष्टिक तत्व भनेर बुझ्न सकिन्छ । अर्थात् द बडी सपको नयाँ उत्पादन ‘एडलवाइस’मा छालालाई आवश्यक विभिन्न किसिमको पौष्टिक तत्व पर्याप्त मात्रामा पाइने कम्पनीले जानएको छ ।

एडलवाइस फूलबाट थुप्रै फाइदा लिन सकिने हुँदा यसको प्रयोग शताब्दीदेखि हुँदै आएको कम्पनीको दाबी छ । यसलाई परम्परागत औषधिको रूपमा समेत प्रयोग गरिएको पाइन्छ । अध्ययन अनुसार छाला सुक्खा हुने र छालाबाट चमक हराउने जस्ता करिब ८० प्रतिशत समस्या वातावरण प्रदूषण र धुलोले गर्दा हुन्छ । एडलवाइसमा लियोन्टोपोडिक एसिड लगायत प्राकृतिक एन्टिअक्सिडेन्ट तत्व पाइन्छ । यसैले गर्दा छालामा देखिने सुक्खापन, सुस्तता र चाउरिपनलाई हटाउन मद्दत गर्छ ।

एडलवाइसमा रेटिनोलको तुलनामा ४३ प्रतिशत बढी एन्टिअक्सिडेन्ट तत्वहरू हुने बताइएको छ । बजारमा एडलवाइस विभिन्न बट्टा र मात्रामा उपलब्ध छन् । यसको आँखाको हेरचाहको लागि ‘आइ कन्सन्ट्रेट’, ‘कन्सन्ट्रेट’, अनुहारको छालाको लागि ‘क्लिन्जर’, ‘इन्टेन्स क्रिम’,‘बाउन्सी मिस्ट’, ‘लिक्विड पिल’ र ‘सिट मास्क’ उपलब्ध छन् ।

द बडी सपले सन् १९७६ देखि विभिन्न सौन्दर्य सामग्री उत्पादन गर्दैछ । यो विश्वव्यापी मान्यता प्राप्त बेलायती ब्रान्ड हो । ग्राहकहरूको आवश्यकता अनुसार द बडी सपले अनुहार, हात, खुट्टा, शरीरको छाला र कपाललाई आवश्यक सामग्रीहरू उत्पादन गर्दैछ। यहाँ महिला र पुरुषलाई आवश्यक विभिन्न सामग्रीहरू पाइन्छ ।

द बडी सपले हाल ७० भन्दा बढी राष्ट्रमा ३ हजार बढी फ्रान्चाइस स्टोरहरू सञ्चालन गर्दैछ। यसको उत्पादनहरू वातावरणमैत्री हुने ब्रान्डको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्