४८ खर्बको जीडिपीलाई ५ वर्षमा १०० खर्ब पुर्‍याउने



काठमाडौँ । नेपाल कम्यूनिस्ट पार्टी ( एमाले)ले ५ वर्षभित्र कुल गार्हस्थ उत्पादन (जीडिपी) १०० खर्ब पुर्‍याउने आगामी ४ मंसिरमा हुन लागेको चुवानी घोषण पत्रमा प्रतिवद्धता गरेको छ । हालको करिब ४८ खर्बको जिडिपीलाई बढाएर ५ वर्षभित्र १०० खर्ब पुर्‍याइने जनाएको हो ।

एमालले चुनावी घोषण पत्रमा ५ वर्षभित्र नेपालीको औसत प्रतिव्यक्ति आम्दानी अमेरिकी डलर २ हजार ४०० पुर्‍याइने दावी गरेको छ । यस्तै प्रारम्भमा ७ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्दै आगामी ५ वर्षभित्र आर्थिक बृद्धिदर उच्च बनाउँदै यसलाई २ अङ्क पुर्‍याइने घोषण पत्रमा उल्लेख छ । नेपाली अर्थतन्त्रलाई विश्वको उदयीमान अर्थतन्त्र बनाइने घोषणपत्रमा एमालेको दावी छ । यसैगरी एमालेले घोषण पत्रमा औपचारिक क्षेत्रका सबै र अनौपचारिक क्षेत्रका ७५ प्रतिशत श्रमिकहरू योगदानमा आधारित सामाजिक सुरक्षाको दायरामा समेटिने जनाएको छ ।

यस्तै स्वदेश तथा विदेशमा, ज्याला रोजगारी तथा स्वरोजगारीमा रहेका सबैलाई योगदानमा आधारित सामाजिक सुरक्षाको दायरामा समेटिने छ । आर्थिक वृद्धिका आधारमा सबै प्रकारका भत्ता वृद्धि गरिने र न्यूनतम ज्याला मासिक २५ हजार रुपैयाँ पुर्‍याउने जनाएको छ । यसैगरी एमालेले घोषणपत्रमा प्रतिव्यक्ति आय दोब्बर गर्ने दावी गरेको छ । घोषणपत्रमा भनिएको छ,‘कृषिको व्यवसायीकरण गरिने छ । साना, मझौला तथा ठुला उद्योगको विस्तारबाट राष्ट्रिय आयमा उल्लेख्य वद्धि गरिने छ । पर्यटनमा आधारित सेवा क्षेत्रको विस्तार गरिने छ । नेपाल भ्रमण गर्ने विदेशी पर्यटकको सङ्या ५ वर्षभित्र वार्षिक २५ लाख उल्लेख छ ।

यसैगरी घोषण पत्रमा सबैलाई बिजुली बत्ती, विद्युतबाटै देशको उन्नति’ गर्ने २ वर्षमा विद्युतमा पहुँच नहुने जनसङ्या शत प्रतिशत पुर्‍याइने जनाएको छ । सबै परिवारलाई ग्राहस्थ उपभोगका निम्ति वर्षायाममा मासिक ५० यनिट र हिउँद याममा मासिक ३० यनिट विद्युत निःशुल्क उपलब्ध दावी छ । ५ वर्षमा विद्युत उत्पादन क्षमता ६५०० मेगावाट र प्रतिव्यक्ति विद्युत खपत ७०० किलोवाट प्रतिघण्टा पुर्‍याने जनाएको छ ।

यसैगरी घोषणपत्रमा निर्माणाधीन नेपाल विद्युत प्राधिकरणका सहायक कम्पनीहरूका आयोजना (६४६ मेगावाट), निजी क्षेत्रका निर्माणाधीन आयोजना (२,७७६ मेगावाट),स्वदेशी निजी क्षेत्रबाट प्रस्तावित आयोजना (१,४९४ मेगावाट) र आगामी १० वर्षमा निर्माण गर्न सकिनेठुला आयोजनाहरू (९,८६१ मेगावाट) को कार्यान्वयन तीव्र गतिमा अगाडि बढाइने उल्लेख छ । आगामी १० वर्षमा विद्युत उत्पादन क्षमता करिब १५ हजार मेगावाट पु¥याइने एमालेको दावी छ ।

गुस्तरीय पर्यटकको सङ्यामा वृद्धि गर्दै आगामी ५ वर्षमा पर्यटकको २५ लाख पु¥याइने एमालेले घोषण पत्रमा उल्लेख छ । यस्तै घोषणपत्रमा पदयात्रा, हिमाल आरोहण तथा होमस्टे केन्द्रित कार्यक्रमलाई स्तरीकरण गरिने, प्राकृतिक, पर्यावरणीय, साहसिक, आरोग्य सेवा, धार्मिक, सांस्कृतकि, कृषि तथा मनोरञ्जनका विधामा पर्यटनको पहिचान, प्रवद्र्धन, विकास र संरक्षण गरिने उल्लेख छ ।

यस्तै आगामी २ वर्षमा सबै नागारिकको बैँक खाता भएको हुने जनाएको छ । ५ वर्षमा सबै व्यस्क व्यक्तिलाई कुनै न कुनै बैँक सहकारी लघुवित्तलगायतका वित्तिय कारोबारमा जोडिने छ । उद्यमशीलतामा जोडिन चाहाने नागरिकलाई सहलियतपूर्ण ब्याजदरमा क्रण उपलब्ध गराइने घोषण पत्रमा उल्लेख छ । सहकारी संस्थाका सदस्यहरु १ करोड र सहकारीबाट परिचालन गर्ने बचत १० खर्ब पुर्‍याइने दावी छ ।

यसैगरी एमालेले घोषण पत्रमा भनिएको छ,‘कृषिको व्यवसायीकरण गरिनेछ । साना मझौला तथा ठुला उद्योगको विस्तारबाट राष्ट्रिय आयमा उल्लेख्य वृद्धि गरिने छ । विगतमा नेकपा (एमाले) को सरकारलेअघि बढाएका १२ नयाँ औद्योगिक क्षेत्र, १५ विशेष आर्थिक क्षेत्र र १०३ औद्योगिक ग्रामको पूर्वाधार विकास गरीउद्योगहरूको स्थापना गरिने छ ।’

यस्तै सबै पालिकामा औद्योगिक ग्राम स्थापना गर्न प्रोत्साहित गरिने जनाएको छ । कृषि उत्पादनको क्लस्टरका आधारमा खाद्यान्न, दध मासु , फलफूल, तरकारी,चिया, कफी, अलैंची, अदवालगा यतका नगदेबालीहरूको प्रशोधन गर्ने उद्योगहरूस्थापना गर्न यवा, उद्यमीहरू र बैदेशिक रोजगारीबाट फर्केका नेपालीहरूलाई ऋणतथा सहुलियतका स्किमहरू ल्याइने घोषणपत्रमा उल्लेख छ ।

सिमेन्ट, फलाम, सनु जेम्स लगायतका बहुमल्यू पत्थर, यरे नियम, तामा, पेट्रोल, ङ्गा, पानी, विद्युत, काठ, वनपैदावार लगायतका प्राकृतिक स्रोतमा आधारित उद्योगहरू स्थापना गर्न स्वदेशी पूँजी पति, गैरआवसीय नेपाली नागरिक र वैदशिक लगानीकर्ताहरूलाई आकर्षित गर्न आवश्यक सहयोग र सविुधा उपलब्ध गराइनेछ । आगामी ३ वर्षभित्रमा नवलपरको धौवादी फलाम खानीबाट कच्चा फलाम उत्खनन तथा प्रशोधन गरी स्वदेशमा नैउत्पादन सुरु गरिने दावी छ ।

प्रतिक्रिया दिनुहोस्