सरकारी रकम सहकारीकै कर्मचारीलाई ऋण



सुनसरी : सुनसरीको धरानस्थित बराह बचत तथा ऋण सहकारी संस्थाले स्वरोजगार कोषमार्फत आएको अधिकांश रकम बराह ज्वेलरी इन्डस्ट्रिज प्रालिमा काम गर्ने युवाहरुलाई बाँडेको छ । 

शुभकाराज खातीले गरगहना व्यवसायी सञ्चालनका नाममा दुई लाख निकाले । तर, उनको व्यवसाय छैन, बरा ज्वेलरीमा क्यासियर पदको जागिरे छन् । 

सहकारीबाट लिएको पैसाको लगानीबारे जानकारी माग्दा शुभराजले उक्त रकमले थ्रिडी हल सञ्चालन गरेको बताए । 

बराह सहकारीले ०६९ फागुनदेखि दुई चरणमा १३४ जनालाई एक करोड २५ लाख लगानी गरेको छ । यसमध्ये अधिकांश लगानी बराहकै विभिन्न डिपार्टमा काम गर्ने कर्मचारीले पाएका छन् । आजको नयाँ पत्रिकामा यो समाचार छ । 

प्रतिक्रिया दिनुहोस्