पप्पुका कारण राष्ट्र बैंकको भवन पुननिर्माण योजना रोकियो



काठमाडौं : ठेकेदार टुंगो नलाग्दा नेपाल राष्ट्र बैंकको बालुवाटारस्थित केन्द्रीय भवन पुननिर्माण योजना रोकिएको छ । 

प्राप्त बोलपत्रमध्ये सबभन्दा कम रकम कबुल्ने पप्पु कन्स्ट्रक्सन प्रालि विवादमा तानिएपछि थप निर्णय हुन सकेको छैन ।

राष्ट्रिय पुननिर्माण प्राधिकरणअन्तर्गतको सम्पदा संरक्षण, सार्वजनिक भवन तथा पूर्वाधार महाशाखाले ठेक्का टुंग्याउन नसकेपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई जिम्मा लगाएको थियो ।

कार्यालयसमेत एक महिनाभन्दा बढी समयदेखि अनिर्णीत छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस्