जहाज एउटाको, ‘बेच्ने’ अर्कै ?



काठमाडौं : बजारमा अहिले त्यही ‘लालपुर्जा’ को चर्चा छ । प्रबन्ध निर्देशक सुगतरत्न कंसाकारले एक अनलाइनमा दिएको ‘बिल अफ सेल’ उनैको भाषामा २५ अर्बको सामान किनेको आधिकारिकता हो ।

विमानको त्यस्तो ‘लालपुर्जा’ देखेर सम्बद्ध विज्ञहरू अचम्मित छन् ।  ‘हामीसँग बिल अफ सेल बकाइदा छ’, कंसाकारको भनाइ छ, ‘जुन जहाजको स्वामित्व भएको पुष्टि हो ।’

‘किन्ने र बेच्नेबीचको सम्झौता लालपुर्जा होइन । त्यसो भए जग्गा किन्न मालपोत र गाडी किन्न यातायात कार्यालय जानै पर्ने थिएन’, एयरलाइन्सका एक उच्च अधिकारी भन्छन्, ‘जहाज क्रेतालाई उत्पादक एयरबसले आधिकारिक कागज दिएको हुन्छ ।

जहाजको स्वामित्व एउटासँग भए पनि उसले त्यसको स्वामित्व नै नभएको कम्पनीसँग जहाज खरिद गरेको हो ।

नेपाल एयरलाइन्सले जहाज खरिदका लागि प्रस्ताव आह्वान गरेपछि आवेदक १० मध्ये सबैभन्दा नयाँ जहाज छ भनी कम मूल्य हाल्ने एएआर छानिएको थियो । तर, समझदारीपछि उसले आफूसँग जहाज नभएको, आफ्नो कन्सोर्टियम पार्टनरसँग भएको बताएको थियो । 

त्यसपछि जर्मन एभिएसन क्यापिटल जीएमबीएच र हाई फ्लाई ट्रान्सपोर्ट एरियोज साझेदारका रुपमा थपिएका थिए । आजको अन्नपुर्ण पोष्टमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्