नेपालकाे उपलब्धि विश्वसमक्ष प्रस्तुत गर्न आवश्यक : मन्त्री ज्ञवाली



न्युयोर्क: परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालले हासिल गरेको उपलब्धि विश्वसामु प्रस्तुत गर्न संयुक्त राष्ट्र संघको महासभाको ७३औं अधिवेशनलाई उपयोग गरिने बताएका छन्।

उनले जनताको समृद्धि र खुशीका प्रयासमा थप अन्तर्राष्ट्रिय समर्थन जुटाउन र राष्ट्र संघलाई जनतासँग थप सम्बन्धित बनाउन महासभाको अधिवेशन उपयोगी हुने विश्वास व्यक्त गरे। 

प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्र संघको महासभाको ७३औं अधिवेशनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै न्युयोर्क आएका छन् र उनको प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री ज्ञवाली सहभागी छन्। 

ज्ञवालीले नेपालमा निकै लामो संघर्षपश्चात प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न संविधान निर्माण गरिएको र त्यसलाई कार्यान्वयन गर्न तीन तहको निर्वाचन भएको उल्लेख गरे। उनले मुुलुक राजनीतिक स्थायित्वको नयाँ युगमा प्रवेश गरिरहेको र यस अवस्थामा नेपालले हासिल गरेका उपलब्धि सरकारले विश्वसमक्ष प्रस्तुत गर्न चाहेको धारणा व्यक्त गरे।  

मन्त्री ज्ञवालीले नेपालको युगान्तकारी परिवर्तनमा राष्ट्र संघलगायत अन्तर्राष्ट्रिय समुदाय सबैको सद्भाव रहेको र नेपाल सरकारले यस उपलब्धिलाई नेपाली जनताको आर्थिक जीवनसँग जोड्न चाहेको बताए। उनले ‘समृद्ध नेपाल र सुखी नेपाली’को नारा नेपालका मित्रहरूलाई बुझाउने, यसमा पनि उनीहरूको साथ र समर्थन जुटाउने र त्यसलाई प्राप्त गर्न आग्रह गर्न राष्ट्र संघको महासभालाई उपयोग गर्ने उद्देश्य राखिएको दाबी गरे। 

परराष्ट्रमन्त्री ज्ञवालीले विश्व संस्थाको भूमिकाकै विषयमा नयाँ सोच र नारा अगाडि सारिएको र यसलाई सबै जनतासँग सम्बन्धित बताउन शान्त, समतापूर्ण र दिगो विकासयुक्त समाज निर्माण गर्न सबैले आफ्नो स्थानबाट काम गरून् भन्ने महासभाको नारा भएको उल्लेख गरे। उनले राष्ट्र संघलाई समायनुकूल बनाउनुपर्छ भन्ने विषय नेपालले धेरै अगाडिदेखि उठाउँदै आएको जानकारी दिए।  

मन्त्री ज्ञवालीले दिगो विकासको योजनाको १२ वर्ष बाँकी रहेको, त्यसलाई प्राप्त गर्न विशेष प्राथमिकताका साथ कार्य गर्न नसकिएको र युद्धमा भएका खर्चको निकै सानो भाग मात्र स्वास्थ्य तथा शिक्षामा खर्च हुने गरेको बताए। उनले महासभाको अधिवेशनबीच विभिन्न मुलुकका सरकार प्रमुखसँग हुने भेटघाट तथा छलफल नेपालको कूटनीतिक सम्बन्ध विस्तार गर्न उपयोगी हुने ठानिएको उल्लेख गरे।  

मन्त्री ज्ञवालीले बहुपक्षीयतासम्बन्धी र मानव जातिले भोगेको समस्या समाधान गर्न साझा र समन्वयात्मक प्रयासको खाँचो भएको बताए। उनले बहुपक्षीयतामाथि विभिन्न प्रश्न उठाइएको, वस्तु, सेवा र आवागमनमा विभिन्न अवरोध सिर्जना हुन थालेको र विश्वव्यापीकरणलाई उल्ट्याउन केही मुलुकले संरक्षणवादी नीति बनाएर लाद्न खोजेको उल्लेख गरे।

उनले जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौता, मानव अधिकार परिषद् र विश्व व्यापार संगठन जस्ता बहुपक्षीय प्रयासलाई कमजोर पार्ने प्रयास भएको उदाहरण दिए।  

उनले हाल संयुक्त राष्ट्र संघको भूमिकामा प्रश्न उठाउन थालिएको र विकासोन्मुख मुलुकलाई विकसित देशले दिएको योगदान कटौती हुँदै गएको बताए। उनले यी समस्या समाधान गर्न, संयुक्त राष्ट्र संघको भूमिका प्रभावकारी बनाउन र बहुपक्षीयताका कुरालाई बहुपक्षीय, क्षेत्रीय र विश्वव्यापी रूपमा उठाउन नेपालले चाहेको बताए। रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : पछिल्लो २४ घण्टामा २३२ जना कोरोना संक्रमित थपिएका छन् भने ८ जनाको मृत्यु

काठमाडौं : कोरोना विरुद्धको खोपलाई व्यवस्थापन गर्नका लागि सबै प्रदेशमा संयोजक तोकिएको छ । स्वास्थ्य

काठमाडौं : नागरिक समाजले सोमबार (माघ १२ गते) प्रधानमन्त्री निवास बालुवाटारमै प्रदर्शन गर्ने भएको छ

काठमाडौं : मकवानपुरमा अज्ञात समूहले बोलेरो जलाएका छन् । काठमाडौं र मकवानपुरको सिमानामा पर्ने हुमाने

काठमाडौं : जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रतिनिधिसभा

काठमाडौं : पछिल्लो २४ घण्टामा ३०२ जना कोरोना संक्रमित थपिएका छन् भने ७ जनाको मृत्यु

काठमाडौं : राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ए ३३० जहाजले मलेसियाबाट

काठमाडौं : राष्ट्रिय मानव अधिकार आयोगले विगतमा सरकारलाई गरिएका सिफारिसहरू तथा विश्वव्यापी आवधिक समीक्षाको क्रममा

सल्यान : सल्यानमा कोरोना भाइरस संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । सल्यान जिल्ला

काठमाडौं । भारतीय प्रधानन्त्री नरेन्द्र मोदीले कोरोना विरुद्धको लाडाइँमा नेपाललाई सहयोग गर्न भारत सधैँ प्रतिवद्ध

काठमाडौं : प्रतिनिधिसभा विघटन असंवैधानिक भन्दै आन्दोलनरत नेकपा (प्रचण्ड–माधव) समूहले आज काठमाडौंमा शक्ति प्रदर्शन गर्दै

काठमाडौं : पछिल्लो २४ घण्टामा ३३६ कोरोना संक्रमित थपिएका छन् भने ४ जनाको मृत्यु भएको