जाडोमा छाला सुख्खा हुनबाट बचाउन यसो गर्नुहोस्



जाडोयाममा छालामा सुख्खापन उत्पन्न हुन्छ । जसले शारीरिक सौन्दर्यमा निकै असर पार्दछ । छालामा आउने यस्तो समस्याबाट जोगिन विभिन्न क्रिमको प्रयोग गरिन्छ जुन केही समयका लागि मात्र उपयोगी हुन्छ । 

फेरि अर्को पटक प्रयोग गर्न अनिवार्य हुन्छ । सुख्खा छालाको यो दीर्घकालीन मौसमी समस्यमबाट छुटकारा पाउन विभिन्न घरेलु उपाय अपनाउन सकिन्छ । 

छालामा आउने सुख्खाको कारण छालामा पानीको मात्रा घट्नु हो । तसर्थ, जाडोमा सकेसम्म नुहाउँदा साबुनको प्रयोग नगर्ने र तेलको अत्यधिक प्रयोग बन्द गर्नुपर्छ । यसको सट्टामा चिसो तौलियाले बिस्तारै पुस्नुपर्छ । 

यसो गर्दा छालामा हुने सूक्ष्म प्वाल जसलाई, पोर्स भनिन्छ, ती खुल्छन् र प्वालबाट श्वाशप्रश्वास हुन्छ । तौलियाले यसरी पुछ्दा छाला समेत सफा रहन्छ । 

चिसो तौलिया प्रयोग गर्नाले छालाको रोगबाट राहत पाउन सकिन्छ । तर, यदि समस्या पुरानो अर्थात् बल्झिएको छ भने माटोको प्रयोगबाट पनि हामी छालामा आउने अत्यधिक सुख्खापनबाट बच्न सक्छौ । 

शरीरमा माटोको लेप लगाउनु एकदमै गाह्रो कुरा हो । अहिले बजारमा विभिन्न औषधी र कोल्ड क्रिम उपलब्ध छन् । तर पनि घरायसी रुपमा आयुर्वेदिक तरिका अपनाउने हो भने यो एकदमै लाभदायी कुरा हुनसक्छ । 

तर, माटोको लेप बनाउँदा ख्याल पु¥याउनु आवश्यक हुन्छ । प्रयोग गरिने माटो धेरै सफा हुनुपर्दछ, त्यसमा अन्य दोस्रो वस्तुको मिसावट हुनुहुँदैन । यसका लागि चम्किलो र पहेँलो माटो उत्कृष्ट मानिन्छ । र बजारमा पाइने मुल्तानी माटो पनि प्रयोग गर्न सकिन्छ ।

माटोको लेप बनाएर शरीरमा लगाउँदा छाला नरम र सफा हुन्छ । यसले छालालाई अन्य केही असर पु¥याउदैन । शरीरमा माटोको लेप लगाएर २,३ घण्टा घाममा बस्नुपर्छ । 

पछि गएर छालालाई असर नपर्ने गरी रगडेर तीन चार चोटि पखाल्नुपर्छ ।  यसरी छालामा आउने अनावश्यक सुख्खापनबाट छुटकारा पाउन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्