कतार विश्वकपका लागि ब्राजिलको टिम घोषणा



काठमाडौं- कतारमा आयोजना हुन गइरहेको फिफा विश्वकप फुटबलका लागि ब्राजिलले टिम घोषणा गरेको छ। ब्राजिल फुटबलले कतार विश्वकपका लागि सोमबार २६ सदस्यीय टोली घोषणा गरेको हो।

ब्राजिलले विश्वकपका लागि ९ फरवार्डलाई टिममा राखेको छ। ब्राजिलको टिममा ग्राबियल जिसस र ग्राबियल मार्टिनेली अटाउँदा रोबर्टो फिर्मिन्हो अटाएका छैनन्। नोभेम्बर २० बाट सुरु हुने कता विश्वकपमा ब्राजिलले पहिलो खेल नोभेम्बर २५ मा सर्बियासँग खेल्ने छ।

विश्वकपका लागि ब्राजिलको टोली :

गोलरक्षक : एलिसन बेकर (लिभरपुल), एडरसन मोराएस (म्यानचेस्टर सिटी) र वेभर्टन (फ्लामेंगो) ।

डिफेन्डर : ड्यानी अल्भेस (पुमास), थियागो सिल्भा (चेल्सी),मार्किन्हाेस (पिएसजी), ड्यानीलो (युभेन्टस), एलेक्स सान्ड्रो (युभेन्टस), इडर मिलिटाओ​ (रियल मड्रिड), एलेक्स टेलेस (सेभिया) र​ ब्रेमर (युभेन्टस) ।

मिडफिल्डर : क्यासेमिरो (म्यान्चेस्टर युनाइटेड), फाबिन्हो (लिभरपुल), लुकास पाक्वेटा (वेस्ट ह्याम), फ्रेड (म्यान्चेस्टर युनाइटेड), ब्रुनो गुइमरेस (न्युकासल युनाइटेड) र एभर्टन रिबेरो (फ्लामेंगो) ।

फरवार्ड : नेयमार (पिएसजी), रिचार्लीसन (टोटेनहम हट्सपर), भिनिसियस जुनियर (रियल मड्रिड), एन्टोनि सान्तोस (म्यानचेस्टर युनाइटेड), राफिन्हा (बार्सिलोना), रोड्रिगो (रियल मड्रिड), पेड्रो (फ्लामेंगो), गाब्रियल जिसस र गाब्रियल मार्टिनेली (दुवै आर्सनल) ।

प्रतिक्रिया दिनुहोस्