प्रदीप खड्कालाई भारतमा ‘डेब्यु अभिनेता’ को अवार्ड



काठमाडौं । लोकप्रिय अभिनेता प्रदीप खड्काले भारतको ग्लोबल ताज अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा डेब्यु अभिनेताको अवार्ड जितेका छन् । भारतको आगरामा भएको फेस्टिभलमा अभिनेता खड्काले ‘प्रेमगीत ३’को हिन्दी संस्करण तर्फको फिचर फिल्मतर्फ डेब्यु अभिनेताको अवार्ड जितेका हुन् ।

उत्कृष्ट फिल्मको अवार्ड भने ब्रिजेन्दर काला स्टारर हिन्दी फिल्म ‘मास्क’ ले जितेको छ । अवार्डकै लागि प्रदीप र प्रेमगीत ३ का निर्माताहरू यतिबेला आगरामा छन् ।

प्रतिक्रिया दिनुहोस्