कपडा पसलमा आगलागी, १ करोड रुपैयाँको क्षति



झापा । झापाको विर्तामोडमा प्रसाईँ मार्केटमा आज बिहान आगलागी भएको छ । पूर्व-पश्चिम राजमार्गअन्तर्गतको मुक्तिचोक पूर्वोत्तर धरान टेलर्सको माथिल्लो तल्लामा रहेको ‘वङ्ल रेडिमेट’ पसलमा आगलागी भएको हो ।

राजु वंशलले सञ्चालनमा ल्याएको कपडा पसलमा आगलागी हुँदा एक करोड रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धान रहेको छ ।

बिर्तामोड नगरपालिकाको दमकलको सहयोगमा आगो लिइएको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायब उपरीक्षक रुगमबहादुर कुँवरले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्