हुम्लाका २४ वटा मतदानस्थल अतिसंवेदनशील



हुम्ला । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि हुम्लाको २४ वटा मतदानस्थल अतिसंवेदनशीलको सूचीमा रहेका छन् ।
जिल्लाका ७ वटै स्थानीय तहमा रहेका ५८ वटा मतदान केन्द्र र ५९ वटा मतदानस्थलका २४ वटा मतदानस्थललाई अतिसंवेदनशील ठहर गरिएको हो ।

प्रतिनिधिसभा सदस्यका लागि एक मात्र निर्वाचन क्षेत्र रहेको हिमाली जिल्ला हुम्लामा १२ सामान्य, २२ संवेदनशील र २४ मतदानस्थललाई अतिसंवेदनशील ठहर गरिएको प्रमुख जिल्ला अधिकारी सीता परियारले जानकारी दिएका छन् ।

वैशाखमा सम्पन्न स्थानीय निर्वाचनको विश्लेषण र जिल्ला सुरक्षा समितिले समग्र वस्तुुस्थिति मूल्याङ्कन गर्दा ती मतदानस्थललाई सुरक्षा अतिसंवेदनशील र सवेदनशील ठहर गरेको हो ।

अतिसंवेदनशील ठहर गरेका गाउँपालिकाका २४ मतदानस्थलमा नाम्खामा ५ वटा, सिमकोटमा ४ वटा, खार्पुनाथमा २ वटा, सर्केगार्डमा ४ वटा, चङखेलीमा ४ वटा, अदानचुलीमा १ वटा र ताँजाकोटमा ४ वटा छन् । अतिसंवेदनशील मतदानस्थलमा विशेष सुरक्षाको व्यवस्था गरिएको बताइएको हो । मतदान कार्यका लागि सुरक्षाकर्मी पनि सोही अनुुसार खटाइने छ ।

त्यसैगरी समितिले २२ वटा मतादनस्थललाई संवेदनशील क्षेत्रका रूपमा वर्गीकरण गरेको छ । संवेदनशील मतदानस्थलमा गाउँपालिका अनुुसार नाम्खामा ३ वटा, सिमकोटमा २ वटा, खार्पुनाथमा २ वटा, सर्केगार्डमा ४ वटा, चङखेलीमा चार वटा, अदानचुलीमा ५ वटा र ताँजाकोटमा २ वटा रहेका छन् । जिल्लाका १२ वटा मतदानस्थललाई भने सामान्य रुपमा वर्गीकरण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्