बसले ठक्कर दिँदा श्रीमा-श्रीमतीको मृत्यु



काठमाडौं । झापामा बसको ठक्करबाट मोटरसाइलकलमा सवार २ जनाको मृत्यु भएको छ । मंगलबार दिउँसो पौने ३ बजेतिर कन्काई नगरपालिका-७ दुर्गापुरस्थित पूर्वपश्चिम लोकमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ ख ६७९४ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको मे ७ प ५०९२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

ठक्करबाट मोटरसाइकल चालक झापाको अर्जुनधारा नगरपालिका-६ का ५२ वर्षीय नरेन्द्र मैनाली र पछाडि सवार उनकी श्रीमती ५० वर्षीय सीता देवी मैनालीको मृत्यु भएको हो । उनीहरूलाई बीएन्डसी अस्पताल बिर्तामोड पुर्‍याउनासाथ चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्