विश्वकै महँगाे हीरा : अाखिर किन्याे कसले ?



एजेन्सी : एउटा गुलाबी हीरालाई ५० मिलियन डलर अर्थात् करिब ५ सय ८० करोड रुपैयाँमा बेचिएको छ । प्रतिक्यारेट मूल्यअनुसार यो किनबेचले विश्व रेकर्ड कायम गरेको छ ।

पिंग लेगेसी नाम दिइएको उक्त हीरा १९ क्यारेटको मात्र छ । यसलाई अमेरिकी ब्रान्ड ह्यारी विस्टनले जेनेभामा भएको लिलामीमा किनेका थिए ।

 

क्रिस्टिज अक्सन हाउसको युरोप प्रमुखका अनुसार यसले प्रतिक्यारेट मूल्यमा विश्व रेकर्ड कायम गरेको छ । अचम्मको करा त के छ भने ह्यारीले उक्त हीरा लिलामीको पाँच मिनेटभित्रै किनेका थिए । 

ह्यारीले हीरा खरिदपश्चात् यसलाई विस्टन पिंक लेगेसी नाम दिएका छन् । यो हीरा डी वियर्स खनन कम्पनी चलाउने ओपेहाइमर परिवारको सम्पत्ति थियो । क्रिस्टिज अक्सन हाउस इन्टरनेसनल हेड अफ ज्वेलरी राहुल कडारियाका अनुसार यो हीरा विश्वमै शानदारमध्ये एक मानिएको छ ।

उनले भनेका छन्, ‘यसको गुलाबी रंग एक क्यारेटमा पनि स्पष्ट देख्न सकिन्छ । तर, यो त लगभग १९ क्यारेटको छ । यो पूरै गुलाबी देखिन्छ ।’ उनले यसलाई अविश्वसनीय मानेका छन् । यसको रंगलाई

अहिलेसम्मकै सबैभन्दा गाढा मानिएको छ । आयातकार यो हीरा दक्षिण अफ्रिकामा सय वर्षअघि भेटिएको थियो । क्रिस्टिन हाउसले बताएअनुसार सन् १९९० पछि यसलाई काटिएको छैन । हाउसले १० क्यारेटभन्दा माथिको हीरा मिल्नुलाई नै आश्चार्य मानेको छ । 

यस हीराले प्रतिक्यारेट मूल्यमा पछिल्ला सबै रेकर्ड माथ गरेको छ । सन् २०१७ को नोभेम्बरमा हङकङमा ८ दशमलव ४१ क्यारेटको गुलाबी रंगको हीराको झन्डै २३ करोड रुपैयाँमा बिकेको थियो ।  

प्रतिक्रिया दिनुहोस्